फोर्ब्सको सर्वाधिक कमाउने सेलिब्रेटीको सूचीमा पर्ने अक्षय कुमार ५२ औं स्थानमा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस ९ गते।

बलिउड अभिनेता अक्षय कुमार भने कोरोना कालमा पनि सफल चलिचित्रका साथै राम्रो कमाइ गर्न सफल रहे ।

कोरोना कालमा धेरै फिल्महरु स्थगित रहे । बलिउडमा समेत धेरै फिल्मलाई कारोनाले नराम्रो प्रभाव पार्यो ।

उनको नाम पूनः एक पटक फोर्ब्सको सबैभन्दा बढि कमाउने सेलिब्रेटीको सूचीमा पर्न सफल भएको छ । फोर्ब्सको सर्वाधिक कमाउने सेलिब्रेटीको सूचीमा पर्ने अक्षय कुमार एक मात्र भारतीय कलाकार हुन् । सूचीमा अक्षय कुमार ५२ औं स्थानमा छन् ।

फोर्ब्सको अनुसार सन् २०२० मा अक्षय कुमारले ४८.५मिलियन डलर कमाएका छन् । अक्षयले जैकी चैन, जेनिफर लोपेजलाई समेत उछिनेका छन् । अघिल्लो बर्ष अक्षय यो सूचीमा ५१ औं स्थानमा थिए ।

फोर्ब्सको सूचीमा अमरीकी मोडल काईली जेनर पहिलो स्थानमा छिन् । त्यस्तै अमरीकी र्यापर कान्ये वेस्ट दोश्रो स्थानमा छन् भने टेनिस स्टार रोजर फेडरर तेश्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *