आज थप ६१३ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५६ हजार ५९२पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ९ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ६१३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ५६ हजार ५९२पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या दुईलाख ४७ हजार ४००जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८०८ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *