उखु किसानहरु द्धारा आज पनि माइतीघर मण्डलामा प्रदर्शन जारी

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस ११ गते।

उखु किसानहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौँको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै सङ्घर्ष गरिरहेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् ।

चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

एक वर्षसम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्ष पनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *