अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १९ गते।
काठमाडौंको कोटेश्वर चोकमा एकाबिहानै एउटा कटुवा पेस्तोल भेटिएको छ। पेस्तोल देख्नेवित्तिकै यात्रुले रहेका प्रहरीलाई खबर गरेका थिए।
आज विहान ६ बजे सिन्धुलीका युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरेको र उनको प्रतिवादमा पेस्तोलधारी भागेको प्रहरी प्रभाग कोटेश्वरमा बयान दिएको प्रहरीले जनाएको छ।
यद्यपि, प्रहरीले उनको बयानलाई पुष्टि गर्ने अन्य आधार खोजी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेत भन्छन्, ‘मगर प्रहरीको सम्पर्कमै छन्, हामी सोधपुछ गरिरहेका छौं ।’
प्रहरीले हतियार मगरकै समेत हुनसक्ने आशंका गरेको स्रोतको भनाइ छ ।