दाङमा बँदेलको आक्रमणबाट चारजना घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १९ गते।

बँदेलको आक्रमणबाट  दाङको देउखुरीमा  चारजना घाइते भएका छन्।

सामुदायिक वनमा शनिवार घाँस दाउरा काट्न गएका स्थानीयलाई बँदेलले आक्रमण गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरुवा गाउँ निवासी ४० वर्षीय हिरादेवी चौधरी, वडा नम्बर २ डोडही निवासी ८ वर्षीय वालक  शिरीष गिरी, सोही ठाउँ निवासी ५५ वर्षीय धनिया चौधरी  रहनु भएको छ भने अन्य एक जनाको नाम ठेगाना नखुलेको छैन्। 

बँदेलले घाइतेको  खुट्टामा आक्रमण गरेको छ। घाइते मध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *