गैडाको खाग सहित एकजना कैलालीबाट पक्राउ

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस २० गते।

प्रहरीले आज गैडाको खाग सहित एकजनालाई कैलालीबाट पक्राउ गरेको छ ।

जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का स्थानीय ५८ वर्षीय नैन बहादुर कठरियालाई  प्रहरीले खाग सहित पक्राउ गरेको हो ।

स्थानीय छतिवन सामुदायिक बन नजिकै पूर्व पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खाग सहित कठरियालाई पक्राउ गरेको सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।

सङ्घीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमबार बिहान कठरियालाई पक्राउ गरेको हो । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा छानबिन भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *