अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस २१ गते।
कैलालीको गौरीगंगा नगरपालिका ९ मा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको मसुरियामा पूर्वबाट पश्चिम आउदै गरेको से ७ प ५६९४ र पूर्व जाँदै गरेको बा ७४ प२१८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परि मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ७ रामशिखरझाला बस्ने बर्ष २७ का नवीन सिजालि र गौरीगंगा ७ महादेवाका ४१ बर्षिय बासुदेव जोशी गम्भीर घाइते भएका छन् ।
घाइते दुवै जनाको गौरीगंगा हस्पिटल मसुरियामा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरिक्षक डम्बर थापाले जानकारी दिएका छन् । विपरीत दिशाबाट गतिमा मोटरसाइकल चलाउदा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।