अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २१ गते।
नेपाली सेनामा विभिन्न पदहरूमा नयाँ भर्नाका लागि आवेदन खुला भएको छ ।
भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो ।
लेखा जमदारमा २७ जना खुल्लातर्फ र बाँकी समावेशी गरी जम्म ५० जनाको माग भएको छ भने पूजारी हुद्दा पदमा खुल्लातर्फ दुई जना गरी चार जनाको माग भएको छ । अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना र बाँकी समावेशीसमेत गरी ५३ जना माग गरिएको छ ।

बन्दोबस्ती कार्य सिपाहीको खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले निकालेको सूचनामा उल्लेख छ । सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना माग भएको छ । कुचिकार पदमा खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना माग भएको छ ।
चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जनाको माग गरिएको छ । लोहकार खुल्लातर्फ चार र समावेशीसमेत गरी ८ जना माग गरिएको छ ।
दुई जना धोबीको माग गरिएकोमा एक जना समावेशीको कोटा छुट्याइएको छ । खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना केशकर्तक माग भएको छ। सयस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग गरिएको छ ।
पुस २१ गतेदेखि माघ २१ गतेभित्र दरखास्त भरिसक्नुपर्ने जंगी अड्डाले जनाएको छ ।