बेलायतमा फेब्रुअरी मध्यसम्मका लागि देशव्यापी लकडाउन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २१ गते।

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले संक्रमण थप फैलन नदिनका लागि फेब्रुअरी मध्यसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् ।

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू झनै बढ्न थालेपछि फेरि देशव्यापी लकडाउनको घोषणा गरिएकाे छ ।

प्रधानमन्त्री जोनसनले सकेसम्म नागरिकहरूलाइ घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । लकडाउन लागु भएसँगै मंगलबारदेखि कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । उनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने चिन्ता समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री जोनसोनले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोना विरुद्धको खोप दिन सुरु गर्ने बताएका छन्। उनका अनुसार हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो डोज दिइने समाचार एजेन्सीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *