मोटरसाइकल चोरी गर्ने चारजना चितवनबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २२ गते।

मोटरसाइकल चोरीमा संलग्न रहेका चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि.क., भरतपुर–८ गौरीगञ्ज पांडे घुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भइ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरु सबैको पुस २० गते चितवन जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

प्रहरीले चोरीका घटना बढेपछि अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा शंकास्पद अवस्थामा भरतपुर–१० स्थित अष्टभुजा पेट्रोल पम्प पछाडी रोकी राखेको प्रदेश नं.२–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको २२० सिसिको पल्सर मोटरसाइकलसहित प्रहरीको विशेष टोलीले मेलोन सुनारलाई पक्राउ गर्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *