डडेल्धुराको परशुराम नगरपालिका आगामी माघ २ गतेसम्मका लागि बन्द

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २२ गते।

डडेल्धुराको पुरशुराम नगरपालिकामा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यलयमा नियमित सञ्चालन भइरहेका कार्यहरु आगामी माघ २ गतेसम्मका लागि बन्द गरिएको छ।

कर्मचारीहरुमा संक्रमण पुष्टि भएकाले पुष २१ गतेदेखि माघ २ गतेसम्मका लागि सेवाहरु बन्द गरिएको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ।

साथै तिर्थस्थल परशुराम धाममा लाग्ने माघी मेला समेत यसपालि नहुने नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत तारानाथ पनेरुले बताए। 

कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्ने भएकाले मेला स्थगित गरिएको उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *