अवैध रुपमा शिकार खेल्दै गरेको अवस्थामा दुइ थान भरूवा बन्दुकसहित एक व्यक्ति झापाबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २२ गते।

शिकार खेल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल झापाले दुइ थान भरूवा बन्दुकसहित एक व्यक्तिलाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल ७ खुट्टामारी बस्ने ३२ वर्षिय मनिष माङमु रहेको  सशस्त्र प्रहरी गण नम्बर २ झापाले जनाएको छ  । कचनकवल ७ स्थित पाथिभरा सामुदायिक वनमा अवैध हतियारसहित केहि व्यक्ति शिकार खेल्दै गरेकोे सूचनाका आधारमा विओपी पृथ्वीनगर र पाठामारीबाट संयुक्त रुपमा सशस्त्र प्रहरी विओपी पृथ्वीनगरका इन्सपेक्टर अशोक न्यौपानेको कमाण्डमा मङ्गलबार साँझ खटिएको १३ जनाको टोलीले माङमुलाइ पक्राउ गरेको सशस्त्रका सुचना अधिकारी एवम डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

प्रहरीले उनको साथवाट भरुवा बन्दुक २ थान  , केप थान ८, टल्लो थान ६, छर्रा थान ८,लाइटर थान १ र मेजर चुरोटको बट्टा थान १ बरामद गरिएको  भण्डारीले जानकारी दिए । घट्नापछि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा आवश्यक कारबहीको लागि बुझाएको उनले  जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *