विश्वमा कोरोनाको संक्रमणबाट एकै दिनमा १३ हजार मानिसको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २२ गते।

विश्वमा कोरोना संक्रमणबाट गत २४ घण्टाभित्र १३ हजार चार जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ७५हजार ५२० पुगेको छ।

हालसम्म विश्वभर आठ करोड ६८ लाख ३४हजार ९१६जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड १५ लाख ३३ हजार ५९९ जना उपचारपछि निको भइसकेका छन्।

बाँकी दुई करोड ३४ लाख आठ हजार २३४ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *