अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २२ गते।
संसद् विघटनविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। ।
यसअघि नै पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनी सर्वोच्च अदालतले आदेश गरेको थियो।
प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसी सदस्य छन् ।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा आइतबार लिखित जवाफ पेस गरिसकेका छन्।
लिखित जवाफमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु राजनीतिक बाध्यता भएकाले न्यायिक पुनरावलोकनको विषय हुन नसक्ने भन्दै मुद्दा खारेजीको माग गरेका छन्।
सभामुख सापकोटाले संविधानमा विकल्प हुँदाहुँदै संसद् विघटन हुन नसक्ने भन्दै पुनस्र्थापनाको माग लिखित जवाफमार्फत गरेका छन्।
बुधबार संवैधानिक इजलास गठन हुनेछ । इजलासको गठन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गर्नेछन्। सो विषयलाई धेरैले चासोका रूपमा हेरेका छन्।