दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २७ गते।

लागूऔषध ब्राउन सुगरसहित दुईजना दैलेखबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बाँकेकै बैजनाथ गाँउपालिका- १ गाभरका २१ वर्षीय विशाल रोकाय रहेका छन् ।

दुवै जनालाई दैलेखको गुराँस गाँउपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा हिँडिरहेको वेला उनीहरुको खानतलासी गर्दा गुरुङको साथबाट ४० पोका लागूऔषध ब्राउन सुगर र रोकायाको साथबाट ३४ हजार नगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनालाई दैलेख जिल्ला अदालतबाट लागूऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमति लिएर आवश्यक अनसुन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *