अनलाईन न्युजपाटी झापा,समाचारदाता,पुस २९ गते।
झापाका बिभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको विर्तामोडका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका धेरै उजुरी इलाका प्रहरी कार्यालय अनारमनीमा परेपछि उक्त कार्यालयले ‘अपरेसन हन्ट’नाम गरेको अभियान नै सञ्चालन गरेको कार्यालयका प्रमुख, प्रमुख नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
इलाका प्रहरी कार्यालय अनारमनीले चोरी भएका मोटरसाइकल खोजीमा तीव्रता दिएपछि २४ घण्टामा १४ वटा मोटरसाइकल बरामद गरेको हो ।
इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले विर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको खुलेको छ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। उनीहरूले विर्तामोडबाट मोटरसाइकल चोरी गरेर पहाडका विभिन्न दुर्गम स्थानमा लगेर राखेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ।
मोटरसाइकल चोर्नेहरू पक्राउ पर्नेमा माइ नगरपालिका–६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षिातिज भनिने रोशन तामाङ र वडा नम्बर ८ का रोशन बुढाथोकी रहेका छन्।
बिर्तामोडमा डेरा गरि बस्दै आएका उनिहरुले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।