लागुऔषध गाँजासहित एक दम्पती सर्लाहीबाट पक्राउ

अनलाईन न्युजपाटी सर्लाही,समाचारदाता,पुस २९ गते।

लागुऔषध गाँजासहित एक दम्पतीलाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह रहेको प्रहरीले जनाएको छ

ज.११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका-१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।

मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *