अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २९ गते।
करिब १० महिनादेखि बन्द रहेको दिल्लीको विद्यालयहरु खुल्ने भएको छ ।
दिल्ली सरकारले कक्षा १० र १२ कक्षा को लागि स्कूल खोल्ने आदेश दिएको हो ।
स्कूल १८ जनवरीबाट खुल्नेछ भएको छ । बोर्ड परीक्षाको तयारीलाई ध्यानमाराखि यस्तो निर्णय लिइएको हो ।
दिल्लीको उपमुख्यमंत्री तथा शिक्षामन्त्री मनीष सिसोदियाले भने, ‘हामी तपाईंलाई बताउँछौं कि दिल्लीमा कोरोना महामारीलाई ध्यानमा राख्दै १ मार्च २०२० मा केजरीवाल सरकारले सबै विद्यालयहरू बन्द गर्ने आदेश दिए । त्यसपछि राजधानीका सबै विद्यालयहरू बन्द छन् ।’
यद्यपि अनलाइन कक्षाहरू भइरहेको छ । अब विद्यालय खोल्ने आदेश कोरोनाको गति र कोरोना खोपको सुरूवातको साथ जारी गरिएको छ ।