रत्नपार्क–भद्रकाली सडकखण्डमा एक यात्रुबाहक बस दुर्घटना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १ गते।

काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि सवारी दुर्घटना भएको छ। पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

बसमा सवार अर्का एक जना सम्पर्कमा नभएको र प्रहरीले उनको खोजी गरिरहेको छ । बस दुर्घटनापछि केही समय सवारी आवागमन अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *