अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १ गते।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा तीन दिनकालागी भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने गएका मन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।
परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा नेपाल-भारतबीचको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ । साथै भारतसँग नेपालले खरिद गर्न लागेको कोरोनाविरुद्धको खोपका बारेमा समेत प्राथमिकतासाथ कुरा हुने जनाइएको छ । सो क्रममा नेपाल-भारतबिचको द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि तथा वैदेशिक लगानी, ऊर्जालगायतका विषयमा पनि छलफल हुने मन्त्रालय स्त्रोतले जनाएको छ ।