लागूऔषध ब्राउन सुगरसहित दुईजना झापाबाट पक्राउ

अनलाईन न्युजपाटी झापा,समाचारदाता,माघ ९ गते।

लागुऔषध ब्राउनसुगरसहित झापा दमकबाट दुई जना पक्राउ परेका छन्।

झापाको दमक नगरपालिका-८ सेतुमारी सडकखण्डबाट मोरङको रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई-८ का २० वर्षीय राजकुमार गनगाई पक्राउ परेका हुन् ।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकको टोलीले सेतुमारी रोडमा चेकजाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बरामद गरेको हो। उनीहरू सवार को२१प १०३ नम्बरको मोटरसाइकल रोकेर तलासी लिँदा उनीहरूको साथबाट ब्राउनसुगर बरामद भएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *