अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ ११ गते।
आतंकवादी संगठनले हमला गर्ने तयारी गरिरहेको सूचना पाएपछि भारत सरकारले राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाएको छ।
आउने मंगलबार (जनवरी २६) का दिन आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा हमला गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको हो। रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा हमला गर्न सक्ने अनुमान गरिएको छ।
देशका धेरै उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको बताइएको छ । यसको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको हो । यस्तो अवस्थामा दिल्लीसहित देशका कुनै पनि स्थानमा आतंकवादीले हत्या हिंसा मच्चाउन सक्ने आशंका भारत सरकारले गरेको छ । आतंकवादीले जारी किसान आन्दोलनको आड पनि लिन सक्ने आशंका बताइएको छ ।