अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ १८ गते।
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा कैलालीमा २ जनाको मृत्यु भएको छ।
शनिबार राति ११ बजे पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्रेक्टर र सोही दिशातर्फ गइरहेको ब ९१ प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षिय मानबहादुर बुढा रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक घोडाघोडी नगरपालिका ५ का २१ वर्षीय रामसिंह चौधरी प्रहरीको नियन्त्रणमा छन् ।