देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १९ गते।

देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै छ ।

आज मध्याह्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाँदैछन् ।

धनुषामा करिब डेढ घण्टा बिताएर उनी सिरहाको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । ‘मौसम अनुकूल भए प्रधानमन्त्रीज्यू सवा ११ बजेसम्म ढल्केबर आइसक्ने भन्ने छ,’ धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले अनलाइनखबरसँग भने, ‘यहाँ करिब डेढ घण्टा बिताउने भन्ने पूर्वनिर्धारित तालिका छ ।’ उदघाटन समारोहपछि प्रधानमन्त्री ओली सिरहा हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।

ढल्केबर सबस्टेशन बनेसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न पनि सकिने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *