म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ १९ गते।

म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ । नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घन्टापछि सेनाले उक्त जानकारी दिएको हो ।

केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच म्यानमारमा सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ ।

गत नोभेम्बरमा भएको चुनावमा सुकीको  नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो। 

म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *