राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १९ गते।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।

त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । 

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *