चरेशसहित दुई जना कञ्चनपुरबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १९ गते।

चरेशसहित दुई जनालाई कञ्चनपुरमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका-९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ ।

चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुबैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *