अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ २३ गते।
कैलालीको घोडाघोडीमा शुक्रवार बिहान बस र ट्याक्टर ठोकिँदा ४ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ मा से १ त ४८३८ नम्बरको ट्रयाक्टर र ना४ ख ९९७३ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।
बस र ट्याक्टर एक आपसमा जुध्दा बस सडकमै पल्टिएको छ ।
दुर्घटनामा ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
उनीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।