अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, माघ २४ गते।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा भणडार गरि राखिएको प्लाष्टिकका सामानहरु नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको प्रहरी टोलीले अबैध रुपमा भण्डारण गरेको ५८ क्वीन्टल ९० के.जी. प्लाष्टिकका सामानहरु बरामद गरेको छ ।
बिशेष सूचनाको अधारमा भंसार छली चोरी पैठारी गरी प्लाष्टिकका बिभिन्न किसिमका सर-सामानहरु अनाधिकृत रुपमा भण्डारण गरेको भन्ने विशेष सुचनाको अाधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अवैध रुपमा भणडार गरि राखिएको प्लास्टिक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
पर्सा प्रहरीले . १०:०० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१० रानीघाट स्थित नामथर वतन नखुलेको व्यक्तिको टिनको छाप्रोको रितपूर्वक खान तलासी गर्दा उक्त छाप्रो भित्र अनाधिकृत रुपमा राखेको ५८ क्वीन्टल ९० के.जी. रु.५,८९,०००।– (पाँच लाख उन्नान्वे हजार ) बराबरको प्लाष्टिकबाट बनेको सर-सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार बरामद गरिएको सामाग्री आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको छ ।