आईबोस ग्लोबल लाईफ इनटरनेशनल प्रा.ली.को अन्तक्रिर्या सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  माघ २५ गते।

सिरहाको लहानमा आईबोस ग्लोबल लाईफ इनटरनेशनल प्रा.ली.ले आयोजना गरेको जिबन उपयोगी र जिबन सैलीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर २ का हजारौं बितरक र बिक्रेताहरुले स्वास्थय जनचेतना तथा ब्यवसायिक बिक्रेता बितरक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश नम्बर २ को प्रदेश प्रमुख रोहित चन्द्र ठाकुर को अध्यक्षता रहेको थियो भने आईबोस प्रशिक्षण बिभाग प्रमुख रबिन कटुवाल प्रमुख अतिथि रहनु भएको थियो ।

मानव जिबनमा आई पर्ने विभिन्न रोगहरुबाट जोगिन समस्याको चुनौती दिदै हजारौं महिला पुरुषहरुको सचेत गर्दै स्वास्थ र समृद्ध चर्चा गर्दै सहज जिबन जिउँन सिकाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अतिथिहरुमा आईबोस ग्लोबल प्रा. ली का प्रदेश नम्बर ३ बाग्मति प्रदेश प्रमुख सन्तोष अधिकारी सफल बिक्रेता रामचन्द्र गौतम प्रदेश नम्बर २ को वितरक तथा बिक्रेताहरुको स्वास्थ सम्बन्धि जनचेतना तथा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न भएको छ। नेपालमा बेरोजगारी समस्या उन्मुलन गर्ने उदेश्यले उक्त कम्पनीको स्थापना भएको लहानको बिक्रेता महेश कुमार महतो ले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह र बिरेन्द्र बिरु यादव लगायतका दर्जनौं ब्यक्तीहरुलाई  सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *