प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २५ गते।

प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ।

नेकपा देखिएको अनौपचारिक विभाजनपछि विवाद बढेकै कारण यही माघ ७ गते बसेको प्रदेश सभा बैठक तीन मिनेटमै स्थगित भएको थियो । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पेश गर्ने तयारीमा नेकपा प्रचण्ड–माधव समूह रहेको छ । तर केपी ओली पक्षधर भने जसरी पनि उक्त प्रस्ताव रोक्ने पक्षमा लागेको बुझिएको छ ।

यस विषयमा छलफल गर्नका लागि आज बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रदेश सभा बैठक भने दिउँसो २ बजे बस्नेछ ।

यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि प्रचण्ड–माधव समूहका १६ जना प्रदेश सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *