बैतडीमा आफ्नै छोरीमाथि बाबुले गोली हानी हत्या गर्यो

अनलाईन न्युजपाटी बैतडी,समाचारदाता,माघ २५ गते।

बैतडीमा बाबुले गोली हानी छोरीको हत्या गरेका छन् ।

पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् । 

छोरीलाई गोली हानेर महरा जंगलतिर भागेका पुरघाट प्रहरीचौकीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको पुरघाट प्रहरीचौकीले बताएको छ ।  

विवाहित छोरी एक महिनादेखि माइतमै बसिरहेकी बुझिएको छ । प्रहरी निरीक्षकका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए । महराको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *