अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १६ गते।
धादिङ्गको गल्छी गाउपालिका–७ स्थित खेस्टे खोलामा तीन वटा यात्रु बाहक बस एक आपसमा ठक्किदा १३ जना घाइते भएका छन् ।
धादिङ बेशीबाट काठमाडौ जाँदै गरेको बा३ख ८९०४ नम्बरको यात्रुबाहक बसलाई सुर्खेतबाट काठमाडौ जादै गरेको ना५ख ४४९१ नम्बरको यात्र बाहक बसले उछिन्ने क्रममा काठमाडौबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बसलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छीमा उपचार भइरहेको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। उनीहरुलाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ।