अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, फागुन १९ गते।
जिल्ला प्रहरी कार्यालय पर्साले २५ केजी २६४ ग्राम चाँदीको गहना सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ९ माईस्थान स्थित एक गहना पसलमा लुकाई राखेको करिब २५ केजी २६४ ग्राम विभिन्न प्रकारका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाको अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले गहना पसलमा खान तलासी गर्दा पसलको सेफ(लकर) भित्र चाँदीका गरगहना १३ किलो १०४ ग्राम र पसल भित्र रहेको कालो झोला भित्र विभिन्न चाँदीका गरगहना १२ किलो ५६ ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
शुभलाभ गहना पसलका संचालक भने फरार रहेको तथा उनको खोजी भइ रहेको खनालले बताए।चाँदीका गहनाहरु आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।