अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन २८ गते।
महाराष्ट्रमा कोरोना संक्रमित बढेपछि पुनः लकडाउन गरिएको छ । महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउन घोषणा गरेको हो ।
महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो । लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ ।
सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश दिएको थियो। अहिले विद्यालय‚ कलेज‚ कोचिङ सेन्टरलगायत भीडभाड हुने स्थानहरु बन्द रहनेछन् नाइएको छ।
निजी कार्यालयहरु पनि बन्द रहनेछन् । सरकारी कार्यालयमा भने २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिइने जनाइएको छ।