धरानमा आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १ गते।

आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

ग्याल्पो ल्होसारको अवसरमा धरान उपमहानगरका प्रमुख तिलक राईले शुभकामना व्यक्त गरेका छन् ।

नगर प्रमुख राईद्वारा शुभकामना सन्देशमा भनिएको छ, ‘धरान उपमहानगरपालिका विभिन्न जातजाति, भाषा भाषी र धर्मावलम्वीहरुको बसोबास रहेको सुन्दर नगरी हो । धरानमा बसोबास गर्ने बहुल जाति, बहुल धर्मावलम्वीहरुको आ–आफ्नो संस्कार संस्कृति र मौलिक पर्वहरू छन् । यही सन्दर्भमा धरानमा उल्लेखनीय उपस्थित रहेको शेर्पा जातिको महान् चाड ग्याल्पो ल्होसारको शुभ अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नगर बासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

उनले बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रूपमा समेत रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उक्त दिन अत्यावश्यक सेवाबाहेक उपमहानगरपालिका र मातहतका सबै कार्यालयहरू बन्द रहने सूचना उपमहानगरले जारी गरेको छ ।

नगर क्षेत्रका अन्य कार्यालय र शैक्षिक संस्थाहरूसमेत बिदा गरिदिन पनि उपमहानगरले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *