जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक यही चैत ५ गते बस्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १ गते।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक यही चैत ५ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहान १०:३० मा बस्ने बैठकले सत्तासमकिरणबारे औपचारिक निर्णय गर्ने एक नेताले बताए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकले एकीकरणपछि बाँकी रहेका संगठन समायोजन सम्बन्धी निर्णयसमेत गर्ने बताइएको छ । सबै पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्य उपस्थित हुनेछन् । सत्ता समिकरणका लागि जसपाले अहिले विभिन्न माग राख्दै सबै पक्षसँग संवाद जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *