अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ६ गते।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा पनि कुनै खास बिजनेस भने राखिएको छैन । तर शोकप्रस्ताव पारित गर्ने र केही सम्भावित कार्यसूची भने संघीय संसद सचिवालयले राखेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन-२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।
साथै सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सांसदहरूबाट प्राप्त अनुपस्थितिका सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत गर्ने कायूसूची समेत राखिएको छ ।