अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ६ गते।
आज नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा चाँदीको भाउ प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।