लालबन्दीबाट लागूऔषध गाँजासहित एक युवक पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत ६ गते।

लालबन्दीबाट लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।

सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सबार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

विशेष सुराकीको आधारमा लालबन्दी प्रहरीका प्रमुख प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले बसलाई रोकेर चेकजाँच गर्दा गाँजा बरामद गरेको हो ।

लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *