सप्तरीमा एक गाई फर्ममा भिषण आगलागी

अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,चैत ६ गते।

सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्ममा आगलागी भएको छ ।

आगलागी शुक्रवार विहान करिब अढाई बजे शुरु भएको थियो

आगलागीमा परि १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको प्रहरीले जनाएको छ ।

नोज शहाले महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छा सहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।

एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको डोरी काट्दा समेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको सप्तरी प्रहरी प्रमुख एसपीले जानकारी दिए ।

आगो बिहानै नियन्त्रणमा आएको र अहिले के-कति क्षति भयो भन्ने बारेमा क्षतिको मूल्याङ्कन गरिने उनले बताए ।

सप्तरीमा पछिल्लो समय आगलागीका घटना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *