बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,चैत १० गते।

कैलालीको लम्कीमा बसको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ ।

बसको ठक्करबाट स्थानीय युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन्। उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर पनि जलाएका छन्।

प्रहरीले ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *