आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ११ गते।

लोक सेवा आयोगका पदाधिकारीहरुको पदावधि आजदेखि सकिएको छ।

अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि मंगलबार सकिएको हो।

अध्यक्ष मैनालीसहित ७ जना पदाधिकारीको २०७१ चैत ११ मा नियुक्ति भएकोमा दुई जना यसअघि नै उमेर हदको कारण अवकाश भइसकेका छन् भने बाँकी रहेका सबै पदाधिकारी एकै दिन आयोगबाट बिदा भएका हुन् ।

आयोग पदाधिकारी विहीन भएसँगै आयोगका सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवालगायत कामहरू रोकिने भएका छन् । कानुनतः आयोगका अध्यक्षले अधिकार प्रत्यायोजन गर्ने व्यवस्था छैन । त्यसका लागि पदाधिकारी नै नियुक्त हुनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *