१२ किलो गाँजासहित बाराबाट एक महिला पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ११ गते।

१२ किलो गाँजासहित बाराको जीतपुरबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पर्साको जिराभवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षीया मिनादेवीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ७ टेढा रोडबाट उनलाई गाँजासहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

प्लाष्टिकको जेब्रा झोला भित्र गाँजा लुकाई पटेर्वा सुगौलीतर्फ जान अटो कुरी रहेको अवस्थामा पक्राउँ गरिएको बारा प्रहरी प्रबक्ताले जानकारी दिए ।

गाँजासहित पक्राउ परेकी मिनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *