होली पर्वमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आग्रह

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,चैत ११ गते।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नजिकिदै गरेको होली पर्व नखेल्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ ।

गृहमन्त्रालयको पत्रको निर्देशन अनुसार मंगलवार जिल्ला प्रशासन कार्यालयल कञ्चनपुरले सुचना जारी गर्दै जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै नजिकिदै गरेको होली पर्व नखेल्न आग्रह गरेको हो ।

सुचनामा जिल्लमा कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भीडभाड गर्न, मानिसहरू भेला जुलुस गर्न नपाइने उल्लेख गरिएको छ भने खुल्ला सिमानाका बाट आवत जावत रोक्न समेत स्थानीय सुरक्षाकर्मीलाइ आदेश दिइएको छ ।

यस्तै सामाजिक दुरी मास्क तथा स्यानिटाइजरको पनि प्रयोग मापदण्ड अनुसार गर्नू पर्ने सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *