कोरोना संक्रमण बढ्न सक्ने जोखिम रहेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रह

अनलाईन न्युजपाटी पोखरा,समाचारदाता,चैत १३ गते।

कोरोना संक्रमण  बढ्न सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सचेत रहन आग्रह गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको फागु पूर्णिमा लगायतका चाडबाड मनाउँदा तथा अत्यावश्यक गोष्ठी, भेला तथा कार्यक्रम सञ्चालन गर्दा भिडभाड नगर्न र अनिवार्य रूपमा जन स्वास्थ्यका मापदण्ड पालना गर्न तथा गराउन भनेको छ ।

प्रशासनले अनावश्यक गोष्ठी, भेला तथा कार्यक्रम नगर्न अनुरोध गर्दै सूचनाको अवज्ञा गर्नेलाई सङ्क्रामक रोक ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *