अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,चैत १३ गते।
१८ किलो अवैध गाँजा सप्तरीको बलान बिहुल गाउँपालिका – २ बाट बरामद गरिएको छ ।
सशस्त्रका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काको कमाण्डमा सीमा सुरक्षामा खटिएको टोलीले अवैध गाँजा बरामद गरेको हो ।
बलान बिहुल गाउँपालिका -२ हुँदै बग्ने दक्षिण बलान नदीबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर अपराधी गाँजाको पोका फाली सिरहा तर्फ भागेका थिए ।
त्यसरी फालेको तीन ओेटा गाँजाको पोका बरामद गरेर ल्याएको प्रमुख प्रहरी निरीक्षकले बताउनुभयो ।