१५ दिने मध्यमा परिक्रमा आज जनकपुरधाम आइपुग्दै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत १४ गते।

१५ दिने मध्यमा परिक्रमा आज जनकपुरधाम आइपुग्दै छ । शुक्रबार भारत विहारको बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै आज बिहानैदेखि जनकपुरधामका लागि प्रस्थान गरेका हुन् ।

आज दिउँसोसम्म जनकपुरधाम आएर परिक्रमा यात्री श्रद्धालुभक्तजन ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा रंगभूमि मैदानमा विश्राम गर्ने छन् । भोली आइतबार बिहानै जनकपुरको अन्तगृह परिक्रमा गरेसंगै मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पद यात्रा सम्पन्न हुननेछ ।

धनुषाको मिथिला बिहारी नगरपालिका स्थित तारापट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरको जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला जनकपुरको हनुमाननगरमा पुगेर परिक्रमाको विधिवत् शुरु भएको थियो ।

परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको छ । मिथिला मध्यमा परिक्रमाको धार्मिक कुटनीतिका साथै पर्यटन, धार्मिक, सामाजिक तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *