इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १४ गते।

इजिप्टको मध्य क्षेत्रमा भएको रेल दुर्घटनामा ३२ जनाको ज्यान गएको छ ।

मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको छ ।

उक्त रेल राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा रहेको लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ गइरहेको बताइएको छ ।

यस्तै अर्को रेल राजधानी कायरोबाट असवान शहरतर्फ गइरहेको थियो ।

विपरीत दिशाबाट आएका दुईवटा रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

गुडिरहेका दुवै रेलमा आपतकालीन ब्रेक लगाएपछि दुर्घटना भएको अधिकारीहरुले प्रारम्भिक अनुमान गरेका छन् ।

‘यो दुर्घटना एकदमै डर लाग्दो छ। आम मानिसले रेल यात्रा गर्न पनि असुरक्षा महसुस गर्न थालेका छन्, रेल यात्रा गर्दा कतिसम्म नराम्रो घटना हुँदो रहेछ भन्ने डर मानिसमा परेको छ,’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *