महोत्तरीमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत १८ गते।

मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्।

बेपत्ता हुनेहरुमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेकी छन् ।

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो १ बजे न‌ गएपनि राति ११ बजेसम्म घर फर्केका छैनन् । घर नफर्किदा चिन्तामा परिवारजनमा रुवाबासी सुरु भएको छ भने गाउँले त्रसित बनेका छन् ।

राति ११ बजेसम्म बालिकाहरुको अवस्था अज्ञात रहेको र खोजि कार्य भइरहेको घटनास्थलमा पुगेका भंगहाका मेयर संजिव साहले बताए ।

प्रहरीले खबर पाएलगत्तै खोजिकार्य गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *